२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

ग्वारखोलामा तटबन्धपछि हरीपौरीका स्थानीय बाढी पस्ने त्रासबाट मुक्त

बिहिवार , आषाढ १२, २०८२

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो ।

यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”, उनले भने, “बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लान्थ्यो ।”

यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ । तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन् । विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो ।

गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो । सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ ।

बबईको तटबन्धले पनि सहज

तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ । त्यसले पनि गाउँ नै जोगाउने अपेक्षा लिइएको छ । कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो । तर, अब भने त्यो डर हराएको उनले बनाए । “सधैँ गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो”, उनले भने, “तर, अब त्यो समस्या हटेर गएको छ ।”

त्यहाँ करिब ३०० घरलाई असर पुर्‍याउथ्यो । कचिला शीतलपुरलगायत बस्तीमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो । करिब रु तीन करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उनको भनाइ छ । सिँचाइ डिभिजन कार्यालयले २०० मिटर तटबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट