२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “बुधबार राति अन्दाजी करिब ८ः३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको हो ।”

ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिर प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको र शवको मुचुल्का गर्ने कार्य भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट