२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गण्डकी प्रदेशसभा बैठक बस्दै

सोमवार , आषाढ २३, २०८२

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।

विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट