काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न जाने भएका छन् । प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागेका हुन् ।
सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि जाने भएका छन् ।
रसुवागढी भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् ।
प्रतिक्रिया दिनुहोस