२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्–श्रीमतीको मृत्यु

शनिवार , श्रावण १०, २०८२

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारीको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट