२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बालकुमारीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार (साउन १०) दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१९, बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले बताए । -रासस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट