काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु नभएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए ।
शाक्यले मर्मत कार्यका लागि विद्युत् आपूर्ति रोकिएको तर लोडसेडिङ सुरु भएको भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।
उनका अनुसार चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
विद्युत् क्षमतावृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस