२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

ईशनाथ बनाना रिसोर्टमा भीषण आगलागी, ४० लाख क्षतिको अनुमान

शनिवार , श्रावण १७, २०८२

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ । केराको मात्र परिकार पाउने सो रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगलागी भएको हो ।

बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन् । आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।

यी सामनहरु काम नै नलाग्ने गरि जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको रिसोर्टका संचालक गुप्ताले बताए । आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय , नेपाल प्रहरी , सशस्त्र प्रहरी र बरुण यन्त्र  (दमकल) घटनास्थलमा पुगेको थियो । अहिले आगलागी नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।

आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट