२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सप्तरीमा मदिरा तस्करी गर्ने समुह र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

बुधवार , श्रावण २१, २०८२

सप्तरी। सप्तरीकोमा मदिरा तस्कर र प्रहरीबीच झडप भएको छ । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मंगलबार राती १०:३० बजे मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एसपी गौतम कुमार केसीले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

उनका अनुसार तस्कर समूहको ढुंगामुढाले दुई प्रहरी पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट