चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
सडकबाट पहिरो पन्छाएसंगै दुईतर्फि यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।
आज बिहान ४:०० बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको थियो ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस