२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

एमाले गोरखा-काठमाडौं सम्पर्क मञ्चले भव्य रुपमा मनायो 'तीज उत्सव'

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । नेकपा एमाले गोरखा-काठमाडौं सम्पर्क मञ्चले 'तीज उत्सव २०८२' भव्य रुपमा सम्पन्न गरेको छ ।

एमाले केन्द्रीय सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यमा मनाइएको तीज उत्सवमा एमालेका अन्य वरिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ अर्यालले गोर्खालीहरु पहिलै देखि जागरुक भएको र कार्यक्रममा देखिएको बाक्लो उपस्थितीले अब गोर्खा जागेको संकेत गरेको बताइन् । उनले तीजको मौलिकपनलाई जर्गेना गर्नुपर्नेमा जोड दिँदै पुराना लयमा गीत समेत सुनाएकी थिइन् ।

काठमाडौंको ढुंगधारा स्थित छो–रोल्पा पार्टी प्यालेसमा मनाइएको तीज उत्सव कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष रुपेश रोकाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष रोकाहाले सम्पूर्ण दिदीबहिनीहरुलाई तीजको शुभकामना दिँदै चेलीबेटीहरुको उल्लेख्य सहभागिताले हर्षित बनाएको बताए । सम्बोधनकै क्रममा उनले महिलाहरुसँग पाइला मिलाएर हिँड्न नेकपा एमाले सधैँ तत्पर रहेको र गोरखा-काठमाडौं सम्पर्क मञ्चले पनि यस कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सम्पर्क इन्जार्ज इन्द्र भण्डारी, केन्द्रीय सदस्य तथा गोर्खा क्षेत्र नं १ इन्चार्ज सम्झना देवकोटा, केन्द्रीय सदस्य कल्पना थापा, जिल्ला पार्टीकै अभिभावक बाचस्पति देवकोटा, पूर्व माओवादी नेता भक्ति लामिछानेको उपस्थितीले कार्यक्रमको शोभा बढाएको थियो ।

 

त्यस्तै, कार्यक्रममा एमाले महाधिवेशन प्रतिनिधि द्वय कमल दानी, मोहन भट्टराई, प्रदेश कमिटी सदस्य राजेन्द्र पराजुली, सम्पर्क समन्वय सहसंयोजक थानेश्वर बस्याल, सचिव आर.सी. लामिछानेलगायतको उपस्थिती थियो ।

भव्य रुपमा सम्पन्न भएको कार्यक्रमलाई सम्पर्क मञ्चका सचिव नेत्र पोखरेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट