२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता शाह

मंगलवार , जेठ ५, २०८३

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन् ।

सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताए ।

उनले भने, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षौँसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नै पर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।”

उनीसँगै अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, अभिनेता आयुष्मान जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गरे ।

चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताइन् ।

“चलचित्र प्रदर्शन भएदेखि नै हामीले दर्शकसँग भेटघाट गरिरहेका छौँ, चलचित्र बुझ्नुभएका कलाकर्मीदेखि मनोरञ्जनका लागि चलचित्र भवन पुग्ने दर्शकसम्म चलचित्र हेरेर खुसी हुनुहुन्छ, यही नै हाम्रो सफलता हो । पूर्वतर्फबाट दर्शक भेटघाट कार्यक्रममा सरिक हुँदै अहिले विर्तामोडमा छौँ, क्रमशः धरान, विराटनगर, इटहरी पनि पुग्ने छौँ”, अभिनेत्री खड्काले भनिन् ।

उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ