२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलायो पहिचान: पाखो बारी बन्यो हराभरा कृषि फार्म

शुक्रवार , जेठ ८, २०८३

म्याग्दी । तीस वर्षअघि साथमा १०० रुपैयाँ नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । ऋण खोजेर १५० रुपैयाँको बीउ किनी २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले उनलाई मति बिग्रिएकोसम्म भन्न भ्याएका थिए । तर, आज उनी जिल्लाकै एक सफल र उदाहरणीय कृषकका रूपमा स्थापित भएका छन् ।

तीन रोपनीबाट सुरु भएको यात्रा, मासिक डेढ लाख आम्दानी

अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट व्यावसायिक तरकारी खेती सुरु गरेका शर्माको आर्थिक हैसियतमा अहिले ठूलो सुधार आएको छ । उनी आफ्नै परिश्रम र मिहिनेतबाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार रुपैयाँ बचत गर्छन् ।

तरकारी र केरा खेतीकै कमाइले उनले खबरामा पक्की घर बनाएका छन् भने पोखराको लेखनाथमा घडेरी समेत जोडेका छन् । उनी भन्छन्, ूपहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो, हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारी खेतीले हो ।ू

पहिरोको पाखोलाई १६ लाख खर्चेर चक्लाबन्दी

तरकारी बेचेर कमाएको २ लाख रुपैयाँबाट खबराको दारिम्पाटामा खरिद गरेको ७ रोपनी पहिरोले पुरिएको पाखोलाई उनले थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे । अहिले त्यो पाखो बारी हराभरा कृषि फार्ममा परिणत भएको छ । उनले गड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोष्ट’ मल र रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी पूर्ण रूपमा प्राङ्गारिक ९अर्गानिक० विधिबाट खेती गरिरहेका छन् ।

शर्माले आफ्नो पुख्र्यौली र नयाँ गरी कुल ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती, मौसमी तथा बेमौसमी तरकारी र परागसेचनका लागि १० घार मौरी समेत पालेका छन् । सदरमुकाम बेनीबजार नजिकै भएकाले उनले उत्पादन गरेका सामग्रीलाई बजारको कुनै समस्या छैन ।

दिल्लीको हन्डरदेखि मलेसियाको अनुभवसम्म

३ वर्षकै उमेरमा बुबा गुमाएका सोवितले बाल्यकालमा निकै संघर्ष गरे । पारिवारिक बाध्यताले १० कक्षा पढ्दै गर्दा उनी भारतको दिल्ली पुगे तर अवस्था सुध्रिएन । गाउँ फर्किएर धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि उनले तरकारी खेती सुरु गरे । द्वन्द्वकाल र पारिवारिक ऋणका कारण २०६१ सालमा मलेसिया पुगेका शर्मा त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकको कार्यशैलीबाट प्रभावित भई ४ वर्षपछि स्वदेश फर्किएर पुनः कृषिमा पूर्ण रूपले होमिए ।

राष्ट्रपति कृषक पुरस्कार र सामाजिक योगदान

आफ्नो व्यवसायमा परिवारको पूर्ण साथ पाएका शर्माको फार्ममा अहिले अन्य ३ जनाले रोजगारी समेत पाएका छन् । कृषि क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानबापत उनले विसं २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट ुउत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारु प्राप्त गरेका थिए ।

अहिले उनी एकीकृत कृषक पाठशालाको सहजीकरण गर्दै जिल्लाभरका किसानलाई जैविक खेती प्रविधि सिकाउन गाउँ(गाउँ पुग्ने गर्छन् । उनी र चन्द्रबहादुर घिमिरेको सफलताबाट प्रभावित भएर खबरा गाउँका झन्डै २५ परिवार अहिले व्यावसायिक तरकारी र केरा खेतीमा आकर्षित भएका छन् । लागत पहिचान नहुनु र सिँचाइको अभाव कृषिको मुख्य चुनौती रहेको बताउने शर्मा आगामी दिनमा आफ्नो फार्मलाई थप नमूना बनाउने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ