२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

२०८३ साल जेठ ९ गते शनिबार, आजको राशिफल कस्तो छ ?

शनिवार , जेठ ९, २०८३

काठमाडौं । आज २०८३ साल जेठ ९ गते शनिबार । तदनुसार सन् २०२६ मे २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।  आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : प्रतिष्ठा बढ्नेछ।  श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ।आज प्रतिभा देखाउने दिन छ।  कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : आज पठनपाठनमा रुची बढ्नेछ। शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। संकटमा गुरुले साथ दिनेछन्।

कुम्भ : दिन राम्रो छ। आज मानप्रतिष्ठा बढ्नेछ।  साथीभाइसँगको भेटले मन खुसी हुनेछ।  आम्दानीका स्रोत भेटिने भएकाले हर्ष बढ्नेछ।  

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ