२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज २०८३ साल जेठ १२ गते मंगलबार, आजको राशिफल कस्तो छ ?

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं ।

मेष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्ने। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीको फल मिल्नेछ ।

मिथुन : राजनीतिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शुभ दिन छ । सोचेको काम बन्दा मन शान्त रहनेछ । तर समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। सोचेको काम बन्नेछ । कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिने पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : धन लाभ हुने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ