२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

मुस्ताङमा पर्यटकको लहर : ११ महिनामै सात लाखभन्दा बढी आगन्तुक

शनिवार , आषाढ ६, २०८३

म्याग्दी / हिमाली जिल्ला मुस्ताङमा पर्यटक आगमनले नयाँ उचाइ छोएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामै सात लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। बेनी–जोमसोम सडकमार्फत मुस्ताङ प्रवेश गर्ने पर्यटकको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्म कुल ८८७ लाख ५ हजार ७५४८८ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन्।

मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीले राखेको अभिलेखअनुसार उक्त अवधिमा ८८१ लाख ५१ हजार १६० सवारीसाधन८८ मार्फत ८८४ लाख ६० हजार ९२४ नेपाली८८ तथा ८८२ लाख ४४ हजार ८३० विदेशी पर्यटक८८ मुस्ताङ भित्रिएका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको कुल वार्षिक पर्यटक आगमनसँग लगभग बराबर रहेको देखिएको छ।

सबैभन्दा बढी पर्यटक जेठ महिनामा पुगेका थिए। उक्त महिनामा मात्र ८८२७ हजार ४८८ सवारीसाधन८८ मार्फत ८८१ लाख ३१ हजार ७७७ पर्यटक८८ मुस्ताङ पुगेका थिए। यसमध्ये विदेशी पर्यटकको सङ्ख्या ९० हजारभन्दा बढी रहेको थियो।

पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आकर्षणले मुस्ताङको पर्यटन बजारलाई थप चलायमान बनाएको छ। भारत सरकारले विदेशी मुद्रा बचतसम्बन्धी नीति अवलम्बन गरेपछि भारतीय नागरिकहरू नेपालका पोखरा, मुस्ताङलगायत गन्तव्यतर्फ बढी आकर्षित भएका छन् । बाह्य पर्यटकमध्ये करिब ८० प्रतिशत भारतीय नागरिक रहेको प्रहरीको अनुमान छ । 

यस्तै, जेठ महिनामा परेको लामो सार्वजनिक बिदाले नेपाली पर्यटकको रोजाइमा पनि मुस्ताङलाई अग्रस्थानमा पु¥याएको थियो। पर्यटकको अत्यधिक चापका कारण बेनी, गलेश्वर, तातोपानी र दानास्थित होटल तथा लजहरू भरिभराउ भएका थिए ।

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक आकर्षणले भरिपूर्ण मुस्ताङमा विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन कागबेनीमा श्राद्ध–तर्पण कोरला नाका अवलोकन तथा लोमान्थाङ भ्रमण गर्ने उद्देश्यले पर्यटक पुग्ने गरेका छन् ।

हिमाली भूगोल, अनौठो संस्कृति, जैविक विविधता, प्राचीन सम्पदा र अनुपम प्राकृतिक सौन्दर्यका कारण मुस्ताङ पछिल्ला वर्षहरूमा नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ