चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय बैठकमा प्रतिनिधि व्यवस्थापन उपसमितिकी संयोजक लिमा अधिकारी ले हालसम्म ३ हजार ९९० प्रतिनिधिबाट प्रति व्यक्ति रु ५ हजारका दरले सहभागिता शुल्क सङ्कलन भइसकेको जानकारी गारएकी छन् ।
उनका अनुसार प्रतिनिधि व्यवस्थापनसम्बन्धी विवरण सङ्कलन तथा शुल्क बुझाउने प्रक्रिया सम्पन्न भइसकेको छ भने सो सम्बन्धी तथ्याङ्क निर्वाचन आयोग मा समेत बुझाइसकिएको छ । हाल उक्त तथ्याङ्क रुजु गर्ने कार्य जारी रहेको उहाँले बैठकमा जानकारी दिइन ।
बैठकमा प्रस्तुत विवरणअनुसार प्रतिनिधि व्यवस्थापन कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको र अन्तिम प्रमाणीकरणपछि विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ । प्रतिनिधिहरुबाट मात्रै १ करोड ९९ लाख ५ हजार रुपियाँ संकलन भएको अधिकारीले जानकारी दिइन । पर्यवेक्षकहरुबाट पनि शुलक संकलन हुने उनले बताइन ।
प्रतिक्रिया दिनुहोस