काठमाडौं / ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले विशेष अपरेशनका क्रममा एक राउण्ड गोली प्रहार गर्दै ठूलो परिमाणमा लागुऔषधसहित एक जना शंकास्पद कारोबारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ अभियानका क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो। घटनापछि पक्राउ परेका व्यक्तिबाट बरामद गरिएको लागुऔषधको मात्रा तथा अन्य विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहारका क्रममा कुनै मानवीय क्षति वा घाइते भएकोबारे तत्काल पुष्टि नभएको प्रहरीले बताएको छ। घटनासम्बन्धी थप तथ्यहरू सार्वजनिक गर्ने तयारी भइरहेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस