२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनमा प्रमुख दलका दोस्रो तहका नेताहरू सहभागी हुँदै

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नयाँ राजनीतिक शक्ति निर्माणको लक्ष्यसहित आयोजित महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

रास्वपाको निमन्त्रणाअनुसार प्रमुख राजनीतिक दलहरूले शुभकामना मन्तव्यका लागि आफ्ना प्रतिनिधि पठाउने तयारी गरेका छन्। सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलहरूले अधिकांशतः दोस्रो तहका नेताहरूलाई प्रतिनिधिका रूपमा खटाएका छन् ।

नेपाली कांग्रेसले उपसभापति पुष्पा भुसाल लाई महाधिवेशनमा पठाउने भएको छ। त्यस्तै नेकपा (एमाले) का तर्फबाट पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवाली सहभागी हुनेछन् । एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले ज्ञवालीले पार्टीको प्रतिनिधित्व गर्ने जानकारी दिएका छन् ।

नेकपाका तर्फबाट पूर्वअर्थमन्त्री तथा नेता वर्षमान पुन महाधिवेशनमा सहभागी हुने तय भएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट भने अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित हुने भएका छन् ।

यद्यपि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधित्व नहुने भएको छ। मधेश केन्द्रित दलहरूबाट को सहभागी हुने भन्ने विषयमा भने अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन ।

रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै विभिन्न राजनीतिक व्यक्तित्व र अगुवाहरूलाई समेत महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

नयाँ दलको रूपमा उदाएको रास्वपाको पहिलो महाधिवेशनलाई देशको समकालीन राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। महाधिवेशनमा प्रमुख दलहरूको सहभागिताले रास्वपाप्रति राजनीतिक वृत्तमा बढ्दो चासो र स्वीकार्यताको संकेतसमेत गरेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ