२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

गगनको रास्वपालाई सन्देश: 'प्रथम महाधिवेशन विचार र नीतिमा परिपक्व बन्ने ऐतिहासिक अवसर'

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् । रास्वपाका सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको पूर्ण सफलताको कामना गरेका हुन् ।

शुभकामना सन्देश दिँदै सभापति थापाले स्थापनाको छोटो समयमै रास्वपाले नेपाली राजनीतिमा उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको उल्लेख गरेका छन् । उनले पार्टीको संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा र राजनीतिक सक्रियता प्रशंसनीय रहेको बताए ।

सभापति थापाले यो प्रथम राष्ट्रिय महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका हिसाबले अझ बढी परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने एउटा ऐतिहासिक अवसर भएको औँल्याएका छन् । 

ूलोकतान्त्रिक मूल्य–मान्यता, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण र उत्तरदायी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउन यस महाधिवेशनले नयाँ ऊर्जा दिने विश्वास लिएको छु, थापाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ