काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए ।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसिएपिपी), सत्तारुढ भुटान, बङ्गलादेश, मलेसिया, दक्षिण कोरियाका पार्टीलगायतले शुभकामना दिएको मन्त्री खनालले जानकारी गराए । ती सन्देशमा नेपालको स्थिरत, विकास र समृद्धिका लागि रास्वपाले पाएको अभिमतको प्रशंसा गर्दै आपसी सम्बन्ध र सहकार्यवृद्धिमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस