२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रास्वपा महाधिवेशनको दोस्रो दिन : विधानदेखि राजनीतिक प्रतिवेदनसम्म, आजै महत्वपूर्ण निर्णयहरू (कार्यक्रम तालिका सहित)

सोमवार , आषाढ ८, २०८३

 चितवन /  चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम आज बिहानदेखि सुरु भएको छ। दोस्रो दिनलाई पार्टीको भावी संगठनात्मक संरचना, विधान र राजनीतिक दिशाबारे निर्णय हुने महत्वपूर्ण दिनका रूपमा हेरिएको छ।

कार्यक्रम तालिकाअनुसार बिहान ७ बजेदेखि सहभागीहरूको खानापछि साढे ८ बजे पार्टी सभापतिबाट दोस्रो सत्र औपचारिक रूपमा सुरु हुनेछ। त्यसपछि अनुसन्धान आयोगको प्रतिवेदनमाथि प्रस्तुति र छलफल हुने कार्यक्रम राखिएको छ।

महाधिवेशनमा आर्थिक प्रतिवेदन पनि पेश गरिनेछ, जसलाई कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि चिया विश्रामपछि पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै त्यसमाथि छलफल सञ्चालन गर्नेछन्।

दोस्रो दिनको सबैभन्दा चासोको विषय भने विधानमाथिको छलफल र पारित प्रक्रिया बन्ने देखिएको छ। त्यसलगत्तै पार्टी सभापतिबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने र छलफलपछि पारित गर्ने कार्यसूची राखिएको छ।

यस्तै, अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको छ।

राति भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी तथा तालिका सार्वजनिक गरेसँगै दोस्रो दिनका कार्यक्रम समापन हुने जनाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट