२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

मातृभूमि लघुवित्तले एफपीओ बिक्रीपछि हकप्रद जारी गर्ने

लाभांश प्रस्ताव बिनै बोलायो साधारण सभा

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं ।  मातृभूमि लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा असार ३२ गते यस कम्पनीको केन्द्रीय कार्यालय, लम्की , कैलालीमा बिहान १० बजेबाट सुरु हुनेछ ।


सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्दैछ । एफपीओ बिक्रीपछि कायम हुने पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेस गर्ने भएको हो । संस्थाले ११ करोड ४९ लाख ९८ हजार २६० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको छ । 


संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले असार २३ गते बुक क्लोज गर्दैछन् । असार २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट