काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । घटनापछि केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार आगलागीमा ज्यान गुमाउनेमा ९ जना पुरुष र १८ जना महिला रहेका छन् । घाइतेहरूको अहिले विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आगलागी बैंककको चाटुचक जिल्लास्थित लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल ‘रोङ बियर ना लाट फ्राओ’मा भएको हो । प्रत्यक्षदर्शी संगीतकारका अनुसार सुरुमा मुख्य विद्युत् स्विच (कट–आउट) नजिक आगो सल्किएको थियो । त्यसको केही बेरमै ठूलो विस्फोटको आवाजसहित आगो तीव्र रूपमा फैलिएको थियो । बारभित्र प्रयोग गरिएका अत्यधिक ज्वलनशील सजावटी सामग्रीका कारण आगोले क्षणभरमै उग्र रूप लिएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस