२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित, नवराज काफ्लेलाई १५ मतले पराजित

सोमवार , आषाढ २९, २०८३

सुनसरी । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन् ।

आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरेकी थिइन् भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले जानकारी दिए । 

त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । 
 
महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित हुनुभएको छ । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना  र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट