२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास, थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर

बुधवार , आषाढ ३१, २०८३

रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार सहनी केही दिनयता चरम मानसिक तनावमा रहेका थिए । गरुडा बजारस्थित झाझ पुलनजिक सानो छाप्रे होटल सञ्चालन गर्दै आएका उनी सोही व्यवसायबाट आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गरिरहेका थिए ।

घटना लगत्तै परिवारका सदस्यहरूले उनलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए । त्यहाँ प्राथमिक उपचार गरिए पनि उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगोले सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ । अस्पतालबाट बिहान करिब ४ बजे घटनाबारे जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । सहनीलाई बिहान ४ः१५ बजे थप उपचारका लागि काठमाडौं पठाइएको र घटनाको थप कारणबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– तस्बिर : एआई 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट