काठमाडौं । किसानहरुले माइतीघरमा सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघर मण्डला क्षेत्रमा किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका हुन् ।
किसानहरूले कृषि विमा लागू गर, गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर लगायतको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले उचित मूल्य नपाएको भन्दै बिचौलिया हटाउन माग गरेका छन् । किसानहरु प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा जम्मा भएका थिए ।
प्रतिक्रिया दिनुहोस