२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

आजदेखि नयाँ ब्याजदर लागू: मुद्दती निक्षेपमा बैंकहरूले घटाए ब्याज, कुन बैंकको कति? (सूचीसहित)

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । वाणिज्य बैंकहरूले आजदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार महिनाको तुलनामा साउनमा पनि ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ, जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर कटौती गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले साउनका लागि व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । राष्ट्रिय वाणिज्य बैंकका साथै ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स, कृषि विकास, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि असारको तुलनामा ब्याजदर घटाएका छन्। बाँकी १२ वटा वाणिज्य बैंकले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिने निर्णय गरेका छन् ।

साउन महिनाका लागि सार्वजनिक नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले ग्राहकलाई सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याज दिने भएका छन् ।

यता, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रकम जम्मा गर्ने व्यक्तिगत निक्षेपकर्ताले सबैभन्दा कम अर्थात् अधिकतम ३.८५ प्रतिशत मात्र ब्याज पाउनेछन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ भने नेपाल बैंक लिमिटेडले बजारमा सबैभन्दा आकर्षक ब्याजदर कायम गरेको छ । नेपाल बैंकले साउनका लागि अधिकतम ४ प्रतिशत ब्याजदर तोक्दै संस्थागत निक्षेपकर्तालाई सबैभन्दा उच्च ब्याज दिने बैंक बनेको छ ।

तरलता सहज बन्दै गएका कारण बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेका हुन् । यसले निक्षेपकर्ताको आम्दानीमा केही संकुचन ल्याए पनि आगामी दिनमा बैंकहरूको आधार दर घट्न गई कर्जाको ब्याजदर समेत सस्तो हुने अनुमान गरिएको छ ।

1784178891-zwg4e.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट