२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

सातै प्रदेशको सत्ता समीकरणमा व्यंग्य गर्दै गोकुल बास्कोटा : ‘काम र कुरा फरक हुँदै जाँदा पहिरो लाग्यो’

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सातै प्रदेशको सत्ता समीकरणमा देखिएको फेरबदलप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।उनले सत्ता सहकार्य संकटमा परेको प्रसंग जोड्दै राजनीतिक नेतृत्वको व्यवहार र देशको राजनीतिक संस्कृतिमाथि समेत कटाक्ष गरेका हुन्।

बास्कोटाले सुरुमा सातै प्रदेशमा कांग्रेस–एमाले सहकार्य कमजोर बन्दै गएको अवस्थालाई संकेत गर्दै लेखेका छन् । ‘ संकट परेको छ, झन् कसिलो मिलन गर्छौँ भन्या सुन्या थें , अहिले फेरि सातै ठाममा पहिरो लाग्यो रे किन रैछ? गर्दै जाँदा काम र कुरा फरक भइहाल्छ ’

त्यसपछि उनले इंग्ल्याण्डका फुटबल खेलाडी जुड बेलिङ्घमले अर्जेन्टिनाका खेलाडीलाई गरेको व्यवहारको प्रसंग उल्लेख गर्दै नेपालका नेताहरूको कटाक्ष नयाँ विषय नभएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘यहाँका अनुभवी नेताहरूको छिड्की नयाँ खेल होइन, शासनमा जंगबहादुर खोज्ने, राजनीतिमा लोकतन्त्र खोज्ने, अराजकतालाई स्वतन्त्रता बुझ्ने समाज, सधैं गुटतन्त्रको रछ्यानमा रमाउने नेता भएको देश यस्तै त हुन्छ नि ।’

बास्कोटाले राजावादीप्रति पनि व्यंग्य गर्दै अर्को सन्देशमा ‘तास, विवाह, स्वस्थानी र फुटबलमा मात्र राजा सम्झेर हुँदैन नि सर ’ भन्दै राजनीतिक परिवर्तन र शासन प्रणालीबारे टिप्पणी गरेका छन्।

उनको यो अभिव्यक्ति सुदूरपश्चिम प्रदेशको बजेट विवादपछि प्रदेश सरकारहरूको सत्ता समीकरण फेरिने चर्चा चलिरहेका बेला आएको हो। एमालेले कांग्रेससँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ समीकरणको गृहकार्य थालेको राजनीतिक पृष्ठभूमिमा बास्कोटाको टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट