२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

एनआरएनए आईसीसीका पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे : आईसीसी सल्लाहकारमा मनोनीत

शनिवार , श्रावण २, २०८३

काठमाडौं /  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आईसीसीको सल्लाहकार ( पदमा मनोनीत भएका छन्।

लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका घिमिरेको नेतृत्व, समर्पण र संस्थाप्रतिको निरन्तर योगदानले एनआरएनएलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

एनआरएनएमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका घिमिरेले क्यानडामा पनि नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थासँग सहकार्य गर्दै अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन्। नेपाली समुदायलाई एकताबद्ध बनाउने, नयाँ पुस्तालाई समुदायसँग जोड्ने तथा सामाजिक सेवामार्फत समुदायको हितमा निरन्तर सक्रिय रहँदै आएको उनको योगदानलाई क्यानडास्थित नेपाली समुदायले उच्च मूल्यांकन गर्दै आएको छ।

त्यसैगरी, क्यानडाको मूलधारको राजनीतिमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको बताइन्छ। विशेषगरी लिबरल पार्टीसँग आबद्ध रहँदै सामुदायिक सहभागिता र नेतृत्वमार्फत उनले आफ्नो उपस्थिति स्थापित गरेका छन्। यसले नेपाली मूलका समुदायका सदस्यहरू पनि क्यानडाको राजनीतिक नेतृत्वमा थप सक्रिय हुने सम्भावना बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।

विश्वभर रहेका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्दै मातृभूमि नेपालको समृद्धि र विकासमा समेत उनको अनुभव, नेतृत्व र अन्तर्राष्ट्रिय नेटवर्कले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। एनआरएनए आईसीसीको सल्लाहकार पदमा उनको मनोनयनले संस्था तथा नेपाली समुदाय दुवैका लागि सकारात्मक सन्देश दिएको विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट