२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

नेपालमै पहिलोपटक ललितपुरमा ‘स्मार्ट जेब्रा क्रसिङ’ सुरु : रातो बत्तीमा सडक काट्न अब स्वचालित रोक (तस्विरहरु)

शनिवार , श्रावण २, २०८३

ललितपुर । नेपालमा नै पहिलो पटक ललितपुर महानगरपालिकाले ‘स्मार्ट जेब्रा क्रसिङ’ (अटोमेटिक बुम ब्यारियरसहितको स्मार्ट सेफ्टी ब्यारेड) सञ्चालनमा ल्याएको छ ।

पैदलयात्रीको सुरक्षा बढाउने र ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्यका साथ सुरु गरिएको यो प्रविधि हाल जावलाखेल क्षेत्रमा परीक्षणका रूपमा सञ्चालनमा आएको हो ।

महानगरका अनुसार ट्राफिक लाइट र काउन्टडाउन टाइमरसँग समन्वय गरेर सञ्चालन हुने यो प्रणालीमा पैदलयात्रीका लागि हरियो बत्ती बल्दा मात्रै जेब्रा क्रसिङ खुल्नेछ भने रातो बत्ती लाग्नेबित्तिकै ब्यारियर स्वतः बन्द हुनेछ । यसले रातो बत्तीमा सडक काट्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई निर्धारित समयमै सुरक्षित रूपमा सडक पार गर्न प्रेरित गर्ने बताए ।

उनका अनुसार प्रणालीमा जडान गरिएको सेन्सरका कारण कुनै व्यक्ति सडक पार गरिरहेको अवस्थामा ब्यारियर बन्द नहुने व्यवस्था गरिएको छ। यसले बीच बाटोमै पैदलयात्री अलपत्र पर्ने वा दुर्घटनामा पर्ने जोखिम कम गर्ने विश्वास गरिएको छ ।

महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने बानी निरुत्साहित गर्न सडकका दुवै किनारमा गमला राख्ने तयारीसमेत गरेको जनाएको छ । यसबाट पैदलयात्रीलाई जेब्रा क्रसिङ प्रयोग गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको कम प्रयोगका कारण पैदलयात्री दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको बताए ।

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा जडान गरिएको स्मार्ट जेब्रा क्रसिङ सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट भएका अन्य सबै चोकमा पनि चरणबद्ध रूपमा विस्तार गरिने महानगरले जनाएको छ । महानगरले यो व्यवस्था गरेपछि स्थानीय पनि खुसी भएका छन्,युटुबमा मात्रै देखेका थियौ अहिले यही देखियो स्थानीय सुर्दशन थापाले बताए ।

3f91c537-70e9-4036-8bb6-2f8137624c00.jpg
0194b415-dbee-4824-bbff-7c2a628178be.jpg
a7bc6475-52dc-4f0a-bfe4-6c13dcde3cef.jpg
cc58c10b-3d27-4ab1-b76d-e3eed0974f9b.jpg

 

fedbfd02-d2ba-4606-9f49-1ee3322f5e77.jpg

तस्विरहरु निशान मगर

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट