काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा संविधानसभा सदस्य ईश्वर पोखरेलको पत्नी मीरा ध्वजु लाई क्यान्सर भएको छ । ध्वोजुको अहिले भारतको हरियाणास्थित गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचाररत रहेकी छन्।
नेता पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ध्वजुको उपचार अझै केही समय निरन्तर चल्ने बताए। उपचारका क्रममा आफूलाई प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने भएकाले पछिल्लो समय देशभित्रका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुन नसकेको उनले उल्लेख गरेका छन्।
पोखरेलले कठिन समयमा शुभेच्छा, साथ र सहयोग प्रदान गर्ने सबैप्रति परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। उनले विभिन्न माध्यमबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गर्ने, सम्पर्क गर्ने तथा प्रतिकूल परिस्थितिका बीच पनि अस्पतालमै पुगेर भेटघाट गर्ने साथीभाइ, शुभेच्छुक र आफन्तप्रति विशेष धन्यवाद दिएका छन्।
‘सबैको सद्भाव, शुभेच्छा र सहयोगी भावनाले यस कठिन परिस्थितिमा ठूलो हौसला र आत्मबल प्रदान गरेको छ ।’ पोखरेलले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस