२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

विश्वकप कप फाइनललाई लक्षित गर्दै इला होटल्स एण्ड रिसोर्ट्स मौलाकालीको विशेष ‘स्टे अफर’ सार्वजनिक

शनिवार , श्रावण २, २०८३

काठमाडौँ, साउन २ – विश्वकप फुटबल २०२६ को फाइनल खेललाई लक्षित गर्दै इला होटल एण्ड रिसोर्ट्स, मौलाकालीले विशेष ‘विश्वकप फाइनल आवास प्याकेज’ सार्वजनिक गरेको छ।

स्पेन र अर्जेन्टिनाबीच हुने फाइनल खेलका अवसरमा भोलि अर्थात् जुलाई १९ का लागि यो विशेष अफर ल्याइएको होटलले जनाएको छ।

होटलका अनुसार उक्त अफरमार्फत खेलप्रेमीले मौलाकालीको प्राकृतिक सौन्दर्यसँगै विश्वकप फाइनलको रोमाञ्चक प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

होटलले सार्वजनिक गरेको विवरणअनुसार डिलक्स सिङ्गल रुमको शुल्क ८ हजार रुपैयाँ र डिलक्स डबल रुमको शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।

यस प्याकेजअन्तर्गत बफेट डिनर र ब्रेकफास्ट, विशाल स्क्रिनमा विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण, इन्फिनिटी स्विमिङ पुलको निःशुल्क प्रयोग तथा दुवैतर्फको केबलकार टिकट समेत समावेश गरिएको छ।

विश्वकप फाइनलको उत्साहलाई थप विशेष बनाउन होटलले पेय पदार्थमा पनि आकर्षक छुटको व्यवस्था गरेको छ। होटलका अनुसार बोतलबन्द पेय पदार्थमा १५ प्रतिशत तथा गिलासका आधारमा उपलब्ध गराइने पेय पदार्थमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

होटलले विश्वकप फाइनलको रोमाञ्चलाई उत्कृष्ट आतिथ्य, स्वादिष्ट परिकार र मौलाकालीको मनोरम प्राकृतिक वातावरणसँग जोड्दै खेलप्रेमीलाई अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो विशेष प्याकेज ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट