२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

आइतवार , मंसिर २, २०८१

काठमाडौं । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो ।

उनका आफन्त सुरज भट्टराईका अनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए ।

उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट