२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

करको विवेकपूर्ण ढंगले उपयोग गरिनेछ : अर्थमन्त्री वाग्ले

शुक्रवार , आषाढ ५, २०८३

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताए ।

उनले सरकारले हजारौ ठाउँहरुबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको पनि स्पष्ट पारे ।

उनले भने, “सयौँ, हजारौँ स्रोतहरुबाट कर उठाउन सकिन्छ । र यसरी उठाउको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो । तर त्यो सँगसँगै प्रशासनिक, कानूनी जटिलताहरु पनि आउँछन् । अर्को त्यो हजारौ ठाउँबाट उठाइएका करहरु एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ । र, जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ।”

अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानूनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताए । 


प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट