२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

देशको इन्टरनेट बजारमा वर्ल्डलिङ्कको बलियो बर्चस्व, दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । नेपालको फिक्सड ब्रोडब्यान्ड (इन्टरनेट) बजारमा नेपाल टेलिकम, डिशहोम र भायनेटलाई निकै पछि पार्दै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो बलियो बर्चस्व कायम राख्न सफल भएको छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले दिएकाे तथ्याङ्कअनुसार कुल ग्राहक संख्या र बजार हिस्सा दुवैमा वर्ल्डलिङ्क सबैभन्दा अगाडि देखिएको हो । इन्टरनेट सेवा प्रदायकहरू मध्ये वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड १० लाख ७८ हजार ७०९ ग्राहकसहित पहिलो स्थानमा छ । कम्पनीले कुल बजारको ३०.९३ प्रतिशत हिस्सा ओगटेको छ । यो संख्या दोस्रो स्थानमा रहेको कम्पनीको भन्दा झन्डै तेब्बर बढी हो, जसले बजारमा वर्ल्डलिङ्कको बलियो पकडलाई प्रष्ट पारेकाे छ।

फिक्सड ब्रोडब्यान्ड बजारमा दोस्रो, तेस्रो र चौथो स्थानका लागि सेवा प्रदायकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ३ लाख ८३ हजार १०१ ग्राहक (१०.९८ प्रतिशत बजार हिस्सा) सहित दोस्रो स्थानमा रहन सफल भएको छ । टेलिकमलाई डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ३ लाख ६९ हजार २१८ ग्राहक (१०.५९ प्रतिशत हिस्सा) सहित तेस्रो स्थानमा रहेर कडा टक्कर दिइरहेको छ ।

त्यस्तै, पुरानाे इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन लिमिटेड ३ लाख ६३ हजार ३७ ग्राहक र १०.४१ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा छ । यी तीनवटै कम्पनीको बजार हिस्सा १० देखि ११ प्रतिशतको आसपास रहेकाले आगामी दिनमा यिनीहरूबीचको प्रतिस्पर्धा अझै रोचक हुने देखिन्छ ।

शीर्ष पाँचभित्र पर्न सफल अर्को कम्पनी क्लासिक टेक प्रा. लि. हो, जसको बजार हिस्सा ८.२३ प्रतिशत रहेकाे छ । क्लासिक टेकका ग्राहक २ लाख ८६ हजार ९५३  जना रहेका छन् । यसैगरी, छैटौँ स्थानमा छ– सुबिसु केबलनेट लिमिटेड । सुबिसुका  २ लाख ६४ हजार ८४९ ग्राहक छन् । यसकाे बजार हिस्सा ७.५९ प्रतिशत  रहेकाे छ ।  वेबसर्फर नेपाल ४.९७ प्रतिशत हिस्साका साथ सातौँ स्थानमा छ ।

पछिल्लो समय भित्रिएका नयाँ सेवा प्रदायकहरू जस्तै वाइफाइ नेपाल, सीजी नेटले बजार हिस्सा बढाइ रहेकाे छन् । वाइफाइ नेपालकाे बजार हिस्सा ३.२० प्रतिशत र सीजी नेटकाे २.५९ प्रतिशत रहेकाे छ ।  उपभोक्ता तान्नका लागि भइरहेको मूल्य र गतिको प्रतिस्पर्धाले आगामी दिनमा यो बजार अझै विस्तार हुने अनुमान गरिएको छ ।


शीर्ष २० इन्टरनेट सेवा प्रदायकहरूको विस्तृत विवरण (तालिका): 

र्‍याङ्क

अपरेटरको नाम

कुल ग्राहक संख्या

बजार हिस्सा (%)

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड

१०,७८,७०९

३०.९३%

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)

३,८३,१०१

१०.९८%

डिश मिडिया नेटवर्क लिमिटेड

३,६९,२१८

१०.५९%

भायनेट कम्युनिकेसन लिमिटेड

३,६३,०३७

१०.४१%

क्लासिक टेक प्रा. लि.

२,८६,९५३

८.२३%

सुबिसु केबलनेट लिमिटेड

२,६४,८४९

७.५९%

वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा. लि.

१,७३,४६२

४.९७%

टेकमाइन्ड्स नेटवर्क प्रा. लि.

१,१७,०७८

३.३६%

वाइफाइ नेपाल प्रा. लि.

१,११,४६४

३.२०%

१०

सी. जी. कम्युनिकेसन्स लिमिटेड

९०,२०६

२.५९%

११

ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड

५५,७६७

१.६०%

१२

सजीलो नेट प्रा. लि.

४३,७२५

१.२५%

१३

फाइबरवर्ल्ड कम्युनिकेसन प्रा. लि.

३९,६४१

१.१४%

१४

अन्य (साना अपरेटरहरू)

२७,९१६

०.८०%

१५

कनेक्ट नेपाल नेटवर्क प्रा. लि.

२२,००९

०.६३%

१६

एरोजनेट प्रा. लि.

१४,२४२

०.४१%

१७

एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि.

१४,१७५

०.४१%

१८

फस्टलङ्क कम्युनिकेसन्स प्रा. लि.

१०,२१३

०.२९%

१९

पोखरा इन्टरनेट प्रा. लि.

१०,१७७

०.२९%

२०

चित्रवन युनिक नेट प्रा. लि.

६,१९०

०.१८%

२१

आई. जोन प्रा. लि.

५,८४०

०.१७%

-

कुल जम्मा

३४,८७,९७२

१००%

प्रविधिमा फाइबरको एकछत्र राज

तथ्याङ्क अनुसार नेपाली उपभोक्ताहरू तीव्र गतिको फाइबर इन्टरनेटतर्फ पूर्ण रूपमा आकर्षित भएको देखिन्छ । कुल ३४ लाख ८७ हजार ९७२ ग्राहकमध्ये ३४ लाख ५६ हजार १ जनाले फाइबर इन्टरनेट प्रयोग गरिरहेका छन् ।

विगतमा लोकप्रिय रहेको एडीएसएल र केबल प्रविधिमा अब देशैभरि गरेर मात्र ३३० ग्राहक बाँकी छन्, जसमा नेपाल टेलिकमका ३२९ र वर्ल्डलिङ्कको १ ग्राहक मात्र छन् । त्यस्तै, वायरलेस प्रविधिको इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ३१ हजार ६४१ छ, जसमा नेपाल टेलिकमको हिस्सा २८ हजार ६०३ ग्राहक सबैभन्दा बढी छ ।

नेपालमा कुल फिक्सड ब्रोडब्यान्ड ग्राहकको संख्या ३४ लाख ८७ हजार ९७२ पुगेको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा फाइबर इन्टरनेट को रहेको छ, जसको संख्या ३४ लाख ५६ हजार १ छ । प्रविधिको विकाससँगै पुरानो एडीएसएल,केबल र वायरलेस इन्टरनेट प्रयोगकर्ताको संख्या भने निकै न्यून बिन्दुमा झरेको देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट