२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

शुक्रवार , मंसिर ७, २०८१

जनकपुरधाम । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक–एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन् । उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन् । अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ ।

तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको छ ।

मुख्यमन्त्री समक्ष पटकपटक धाएपनि कुनै सुनुवाई नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट