२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रस्तुत हुन प्रधानमन्त्रीको आग्रह

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रस्तुत हुन आग्रह आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दिक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आफ्नो जीवनमा अनुशरण विश्वमाझ फैल्याउन सबै लाग्नुपर्ने बताए ।

उनले अहिले समाजमा जालझेल र प्रपञ्च गर्ने कामहरु भइरहेको उल्लेख गर्दै सबैले सत्य र निष्ठाको बाटोमा लाग्नुपर्ने बताए । मानव जातीको कल्याण विश्व शान्ती र समानताबाट मात्रै हुने उनको भनाइ थियो ।

उनले भने, ‘बुद्धका आचरणहरुलाई, बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आत्मसाथ गरेर आफ्नो जीवनमा अनुशरण गर्नुपर्दछ । त्यसलाई तब मात्र सबैमाझ फैलाउन सक्नुहुन्छ । यी कामहरु गर्नुस् । मानवीय गुण भनेको जालझेल, प्रपञ्च गर्नु होइन । मानवीय गुण भनेको सत्य र निष्ठाको बाटोमा चल्नु हो । शान्तीको बाटो र करुणाको बाटोमा चल्नु हो । मानव जातीको कल्याण विश्व शान्तीबाट हुन्छ ।

मानव जातीको कल्याण समानताबाट हुन्छ । मानव जातीले सम्मानित जीवन बाच्न पाउन, शान्तीपूर्वक बाँच्न पाउन भन्नको लागि हामीले सुखि नेपाली समृद्ध नेपाल भनेका छौं ।’

सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न उनले सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट