२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।

मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट