२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगु जिल्लामा अर्को निकुञ्ज वा सिकार आरक्षण बनाउन अध्ययन कार्यदल गठन

सोमवार , पौष ८, २०८१

मुगु । वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरिय निर्णय गर्दै मुगु जिल्लामा थप निकुञ्ज वा सिकार आरक्षण क्षेत्र बनाउन कार्यदल बनाएको छ ।

सोमबार वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहिले मन्त्री स्तरिय निर्णय गर्दै मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकामा पर्ने केही भुभाग समेटेर निकुञ्ज वा सिकार आरक्षण बनाउन अध्ययनका लागि कार्यदल बनाएका हुन् ।

मुगुम कार्मारोङ्ग गाउँपालिकाले गाउँसभाबाट निर्णय गर्दै से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले गाउँपालिकाले ओगटेको भुभाग सहित अन्य भुभाग समेटेर सिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउन निर्णय सहित आग्रह गर्दै मन्त्रालयमा कागजात पेश गरेको थियो ।

कार्यदलले अध्ययन गरेर के बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिन्छ सोही अनुसार मन्त्रालय अघि बढने वन तथा वातावरण मन्त्री शाहिले बताए ।

से फोक्सुन्डो राष्ट्रिय निकुञ्जले मुगुको ८२९ वर्ग किमि क्षेत्र ओगटेको छ । यो मुगुम कार्मारोङ्ग क्षेत्र वन्यजन्तुहरुको प्रमुख बासस्थान र आहार क्षेत्र मानिन्छ । यहाँ विभिन्न जातिका वन्यजन्तुहरु पाईन्छन् । यो क्षेत्रमा हुलका हुल वन्यजन्तु देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु यो क्षेत्रलाइ खुल्ला चिडियाखाना भनेर भन्ने गर्दछन् ।

मुगु जिल्लामा देशकै सानो राष्ट्रिय निकुञ्ज रारा पर्दछ भने यहि निकुञ्ज भित्र नेपालकै ठूलो ताल रारा ताल पनि रहेको छ ।

मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुञ्ज वा सिकार आरक्षण बने मुगु जिल्ला २ वटा संरक्षित क्षेत्र हुनेछन् । नयाँ बन्ने निकुञ्ज वा सिकार आरक्षण क्षेत्र भित्र तामा खानी र डोल्फु कर्णाली नदि पर्नेछन् ।

यहाँ घोरल, झारल, कस्तुरी, मृग, चौरी, हिम चितुवालगायत वन्यजन्तुहरु पाइने गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराए ।

मुगुम क्षेत्रको केही भागलाई संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज वा सिकार आरक्षण क्षेत्र मध्ये एक बनाउन बर्षौदेखि माग हुँदै आएपनि अहिलेको संघीय सरकारमा वन तथा वातावरण मन्त्रीमा मुगु जिल्लाबाटै निर्वाचित संघीय सांसद ऎन बहादुर शाही रहेकाले मुगालीको माग सुनुवाइ हुने आश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट