२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

छायाँनाथ रारा नगरपालिकाको लगानीमा नवनिर्मित अस्पताल भवन हस्तान्तरण

शुक्रवार , पौष १२, २०८१

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ मा छायाँनाथ रारा नगरपालिको आर्थिक सहयोगमा निर्माण गरिएको नवनिर्मित जिल्ला आँखा अस्पताल भवन आज एक कार्यक्रमका बीच नगर प्रमुख बिष्णु कुमार भामले औपचारिक रुपमा नेत्र ज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुखले नवनिर्मित भवन नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ललाई हस्तान्तरण गरेका थिए । नगर प्रमुख भामले स्थानीय सरकारको दायित्व भयको नाताले विभिन्न आर्थिक विकासमा सहयोग गर्दै आएको र अझै आवश्यक सहयोग गर्ने बताए ।

हिमाली जिल्ला हुम्लाको तल्लो भेग, जुम्लाको सिंजा लगायत मुगुको सिमा जोडिएका दुर्गम भेगका जनताले हालसम्म सेवा पाएको र अब बन्ने नयाँ भवनमा अस्पताल सञ्चालन भएपछि आँखाको उपचारमा सहजता पाउने कुराले आफू निकै खुशी भएको नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

उनले नयाँ भवनमा चाहिने आवश्यक मेसिन हरुको दात्री निकायहरु सँग आवश्यक सहयोगको माग समेत गर्ने बताए ।

नगरपालिकाको ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाँको लागतमा नवनिर्मित दुई तला रहेको भवन २०८१ बैशाख १२ मा अबिनास निर्माण सेवासँग सम्झौता भएको थियो। सम्झौता अनुसार भवन निर्माण कार्य सम्पन्न भइसकेकाले नेपाल नेत्र ज्योति संघलाई हस्तान्तरण गरेको नेपाल नेत्रज्योति संघ मुगुले जनाएको छ ।

बिहिबार एक कार्यक्रमका बीच सभा अध्यक्ष, वडा नं १ का अध्यक्ष पदमराज मल्ल, प्रमुख अथिति नगर प्रमुख बिष्णु कुमार भाम, बिषेश अथिति पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, उपप्रमुख ऐश्वर्य मल्ल, नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ल, सहायक प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न पार्टी प्रतिनिधी स्थानीय बुद्दीजीबीको उपस्थिती रहेको थियो।

सोहि आखाँ अस्पतालमा अर्को नयाँ सुविधा सम्पन्न भवन समेत निर्माण गरिएको छ। जसमा छायाँनाथ रारा नगरपालिका र आई केयर फाउन्डेसनको संयुक्त आर्थिक सहयोग छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट