२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल

सोमवार , माघ २१, २०८१

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको आज भवन शिलान्यास गर्दै उपप्रधानमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताए । उनले यसको उदाहरण २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको स्मरण गराए ।

तत्कालीन अवस्थामा रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा रु चार हजार पुर्याउने अवसर पाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए ।

“बजेट निर्माणका बेलामा प्रधानमन्त्रीले मलाई बोलाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, मैले उहाँको निर्देशनबमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”, उनले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनुपर्छ ।”

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताए । “सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम पर्याप्त छैन, अझै धेरै गर्नुपर्नेछ”, उनले भने, “यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ ।”

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकाङ्क्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

कार्यक्रममा सांसद वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बाए ।

रुपन्देहीको तिलोत्तमा–४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी ५०० ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिए । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कँडेल र नर्मदा अर्यालले केन्द्रको वातावरणमा आफूहरु रोगमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट