सिन्धुली । सिन्धुली जिल्लास्थित दुधौली नगरपालिकाको आयोजनामा असल अभिभावक अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालयको सम्बन्धलाई सुमधुर बनाउन असल अभिभावक कार्यक्रम सम्पन्न गरिएको दुद्यौली नगरपालिकाले जनाएको छ ।
नगरका प्रमुख दिनेश अधिकारीको प्रमुख उपस्थितीमा अभिभावकसँग अन्र्तक्रिया गरिएको हो । असल अभिभावक कसरी बन्ने र बनाउने नगरपालिकाको प्रमुख उद्धेश्य अनुसार उक्त कार्यक्रम गरिएको हो ।
दुधौली नगरपालिका वडा नं ८ स्थित श्री सरस्वती मा.वि शंखटार स्कुलमा असल अभिभाकत्व शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभिभावक, शिक्षा सहजकर्ता कमला सिलवाललगायत अभिभावहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस