२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

राजावादी प्रदर्शन : काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख जरिवाना

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना तिराउने भएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।

यस क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवानाको पत्र काटेको हो ।

वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट