काठमाडौं । ललितपुरको कुपण्डोलमा लामो अनुभव भएका वरिष्ठ प्राध्यापकहरू, विद्यावारिधि उपाधि प्राप्त तथा स्वर्णपदकद्वारा सम्मानित विद्वान् एवं दक्ष जनशक्तिको सक्रियतामा महर्षि ल कलेज स्थापना गरिएको हो। शिक्षाविद् र कानूनी विशेषज्ञहरूको संकल्पका रूपमा स्थापित यो कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कुपन्डोलमा सञ्चालनमा आएको छ।
यस महर्षि ल कलेजमा वि.एल.एल.वि. संकायको पहिलो वर्षका लागि भर्ना आव्हान गरिएको छ। हाल कानूनी अध्ययन नेपाली विद्यार्थीहरूका लागि अत्यधिक लोकप्रिय बन्दै गएको छ, तर सीमित अवसरका कारण धेरै विद्यार्थीहरूले भर्ना हुने अवसर प्राप्त गर्न सकेका छैनन्।
कलेजको अध्यक्षमा शिक्षाविद् प्राडा ज्ञानेन्द्र पौडेल तथा क्याम्पस प्रमुखको रुपमा सह प्राडा जगत बन्धु पराजुली रहेका छन्। यस कलेजमा कानूनी क्षेत्रमा वर्षौंको अनुभव भएका प्राध्यापकहरू, बरिष्ठ अधिवक्ता, तथा ख्यातिप्राप्त कानूनविद्हरू फ्याकल्टीका रूपमा आवद्ध छन्।

अध्यक्ष प्राडा पौडेलका अनुसार, वरिष्ठ अधिवक्ता प्राडा नृसिंह कुमार खत्रीदेखि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त कानूनी क्षेत्रका प्रतिभाशाली युवा प्राध्यापकहरू समेत फ्याकल्टीमा आवद्ध छन्।
अध्यक्ष प्राडा पौडेलका अनुसार, विद्यार्थीहरूलाई वैज्ञानिक र व्यावहारिक शिक्षण पद्धति अनुसार कानूनी अध्ययन गराइनेछ, जसले उनीहरूलाई भविष्यमा दक्ष कानूनी व्यवसायी तथा अनुसन्धानकर्ता बन्न सहयोग गर्नेछ।
क्याम्पस प्रमुख सह प्राडा पराजुलीका अनुसार, शिक्षा व्यवसाय नभई सेवा हो भन्ने भावनाका साथ स्थापित महर्षि ल कलेज भौगोलिक रूपमा कानूनी अध्ययनका लागि अत्यन्त सुविधाजनक स्थानमा अवस्थित छ।
उपत्यकाका सबै स्थानबाट कलेजसम्म सहज यातायातको पहुँच उपलब्ध छ। कलेज प्रदूषणरहित, शान्त, र अनुशासित शैक्षिक वातावरणमा अवस्थित छ। जसले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्नेछ।
यस कलेज सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत, तथा उच्च अदालत पाटनको केन्द्रमा रहेको हुँदा विद्यार्थीहरू विहानी सत्रका कक्षाहरू समापनपछि सजिलै हिँडेरै देशका प्रमुख अदालतहरूमा पुग्न सकी अध्ययनसँगै न्यायिक गतिविधिहरू प्रत्यक्ष अवलोकन र सहभागिता गर्ने अवसर प्राप्त गर्नेछन्।

नेपालमा कानूनी शिक्षा अत्यधिक महँगो बन्दै गइरहेको वर्तमान अवस्थामा, महर्षि ल कलेजले विद्यार्थीहरूको पहुँच योग्य बनाउने उद्देश्यले अत्यन्तै सुलभ शुल्कमा गुणस्तरीय कानूनी शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्य कानूनी कलेजहरूको तुलनामा कम शुल्कमा उच्चस्तरीय शिक्षा प्रदान गरिने भएको साथै सीमित सिट संख्या, सिमित समय भएकोले विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गर्नको लागी समेत अवगत गराएको जानकारी कलेजकी परामर्शदाता अधिवक्ता अमृता देवकोटाले बताइन् ।
अभ्यासमुखी शिक्षण प्रविधि कलेजको प्रमुख विशेषता रहेको पनि अधिवक्ता देवकोटाले जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस