२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारासहित आठौँ स्थापना दिवस सम्पन्न

बिहिवार , फाल्गुण २९, २०८१

रसुवा । उत्तरगया गाउँपालिकाले ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नाराका साथ आठौँ स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको प्रमुख आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै पालिकावासीको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

उत्तरगया गाउँपालिकाले जिल्ला, प्रदेश तथा केन्द्र सरकारसँगको सहयोग र सहकार्यमा स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, साडक बाटो, बत्ती, कृषि क्षेत्रमा यथासक्य सहयोग गरी ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारालाई साकार तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो अवसरमा योजना आयोगका उपाध्याक्ष प्राडा अधिकारीले दुर्गम हिमाली जिल्ला रसुवास्थित उत्तरगया गाउँपालिकाको नीति तथा कार्यक्रम जनतालाई केन्द्रमा राखेर लागु गरिएकोमा खुशी व्यक्त गर्दै आयोगका तर्फबाट त्यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पालिका प्रमुख माधवप्रसाद अर्यालले शिक्षा, स्वास्थ्य, बाटोघाटोका अतिरिक्त पशुमा नस्ल सुधार, गाई तथा भैँसी खरिदमा अनुदान, उन्नत बिऊ तथा डालेघाँसको बिरुवा वितरण, एकीकृत श्रम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरी स्थानीय जनताको जीवनस्तर सुधारका पक्षमा अहोरात्र खटिरहेको जानकारी दिए ।

उपप्रमुख चमेली गुरुङ र प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले पालिकावासीलाई केन्द्रमा राखेर विकास निर्माणसहित सेवा प्रवाह गरिएको बताए । स्थानीय उत्तरगया र भारतस्थित दक्षिण गयाको सम्बन्ध बिस्तार गरी उत्तरगया आउने भक्तजन तथा तीर्थयात्रीलाई कम्तीमा एक रात बेत्रावतीमा विश्राम गराउने वातावरण सिर्जना गर्न पालिकाको तर्फबाट पहल भइरहेको बताइयो ।

सो अवसरमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, समाजसेवालगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने २६ जनालाई पुरष्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट