२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

निर्मल बाटिका एकेडेमीद्वारा ‘नेक्स्टजेन करिकुलम सिकाइ समारोह’ सम्पन्न, विद्यार्थीका ज्ञान, सीप र अनुभव प्रस्तुत

आइतवार , चैत्र २, २०८१

काठमाडौं । टोखा नगरपालिका–११ स्थित निर्मल बाटिका एकेडेमीले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको वार्षिक सिकाइलाई व्यवहारिक रूपमा उतार्ने उद्देश्यले नेक्स्टजेन करिकुलम सिकाइ समारोह र खुला गृह सत्र कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले एक वर्षभरी सिकेका ज्ञान, सीप र अनुभवलाई विविध माध्यमबाट प्रस्तुत गरेका थिए ।

उनीहरूले शैक्षिक परियोजना, कला तथा विज्ञान प्रदर्शनी, प्रस्तुति र गतिविधिहरू मार्फत आफ्नो सिकाइको प्रभावहरु प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूका सिर्जनात्मक कार्यहरू हेर्न शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक शिव थापाले विद्यार्थीहरूको समग्र विकासका लागि यो कार्यक्रम कोसेढुंगा सावित भएको बताए। उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान दिनु हो। यो कार्यक्रमले विद्यार्थीको क्षमता उजागर गरिदिएको छ।’

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा शाखा निर्देशक बाबुराम गौतमले जीवनोपयोगी शिक्षाको महत्त्वबारे चर्चा गरे। उनले भने, ‘विद्यालयले यस्ता कार्यक्रम आयोजना गरेर विद्यार्थीको क्षमताविकासमा महत्वपूर्ण भूमिका खेलेको छ। विद्यार्थीहरूको सिर्जनात्मकता र प्रयोगात्मक सीपलाई अघि बढाउन यस्ता क्रियाकलाप आवश्यक छन्।’

विद्यालयको कार्यक्रम तथा पाठ्यक्रम साझेदार तथा न्यु मिलिनियम स्कुलका कार्यक्रम प्रमुख कविता अर्यालले परम्परागत शिक्षण पद्धति मात्र पर्याप्त नभएको बताइन्।

उनले भनिन्, ‘विद्यार्थीलाई केवल किताबी ज्ञान दिने मात्र होइन, सोच्न, सिर्जना गर्न, र जीवनोपयोगी सीप सिकाउन प्रेरित गर्नुपर्छ। आज विद्यार्थीहरूले देखाएको प्रदर्शनले उनीहरूको क्षमताविकासमा महत्वपूर्ण भूमिका खेल्छ।’

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै यस्ता क्रियाकलापले विद्यार्थीको रुचि र सीपलाई निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिएका थिए ।

विद्यालयका शिक्षकहरूका अनुसार नेक्स्टजेन पाठ्यक्रम शिक्षण प्रणाली विद्यार्थीहरूलाई आलोचनात्मक सोच, समस्या समाधान, र सिर्जनात्मक अभिव्यक्तिमा सक्षम बनाउन केन्द्रित रहेको छ ।

नेक्स्टजेन करिकुलम सिकाइ समारोह र खुला गृह सत्र कार्यक्रम निर्मल बाटिका एकेडेमीको नवीन शिक्षण पद्धतिको उत्कृष्ट उदाहरण बनेको छ। विद्यार्थीहरूको उत्साहजनक प्रस्तुति, शिक्षकहरूको मार्गदर्शन, र अभिभावकहरूको सकारात्मक प्रतिक्रिया नै कार्यक्रमको मुख्य विशेषता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट