२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

मंगलवार , चैत्र ४, २०८१

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट