२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

भानु नगरपालिकाद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

शनिवार , चैत्र ८, २०८१

तनहुँ । भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

उनले भने, “प्राविधिक जनशक्ति उत्पादनगरी यसै नगरपालिकामा प्राथमिकताका साथ उहाँहरुलाई रोजगारी दिने योजना बनाइएको छ ।”

यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो ।

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति रु १५ का दरले दिवाखाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट