२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गरौँः प्रदेश प्रमुख भट्ट

सोमवार , चैत्र १७, २०८१

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्ने बताएका छन् ।

इस्लाम धर्मावलम्बीहरूको पर्व (ईद ईद–उल–फित्र) का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको र विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान भएको बताए ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदानप्रदान गरिनाका साथै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको उल्लेख गर्दै सन्देशमा यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

रमजानको ३० दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाललगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वका रुपमा मनाइँदै आइएको भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट